आइतवार, श्रावण २४ गते २०८३

घट्यो सुन–चाँदीको भाउ

बुधवार , आषाढ २४, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।मंगलबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।मंगलबार तोलामा चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार