आइतवार, श्रावण २४ गते २०८३

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

सोमवार , आषाढ २२, २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १ सय ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १, सङ्केत बत्ती उल्लङ्लनकर्ता १ सय ५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय २ जना छन् ।

साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १०, सडक पुथपाथ पार्किङमा १ सय १०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । कारबाहीबाट १० लाख ६२ हजार असुली गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार