आइतवार, श्रावण २४ गते २०८३

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले १५ महिनामै किन दिए राजीनामा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उक्द पदको कार्यभार सम्हालेको १५ महिना भएको थियो । 

चापागाईंले आज अर्थ मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्। आफ्नो कार्यकाल बाँकी छँदै उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। यद्यपि, राजीनामाको विस्तृत कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

चापागाईंको राजीनामासँगै अब नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्नेबारे अन्योल सिर्जना भएको छ। सरकारले नयाँ सीईओ नियुक्तिको प्रक्रिया अघि नबढाएसम्मका लागि अर्थ मन्त्रालयले नेप्सेकै कुनै वरिष्ठ अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार