आइतवार, श्रावण २४ गते २०८३

प्रतितोला नौ सय रूपैयाँ घट्यो सुनको भाउ

सोमवार , आषाढ २२, २०८३

काठमाडौँ ।आज सुन–चाँदीको भाउ घटेको छ। 

आइतबार तोलामा चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार