आइतवार, श्रावण २४ गते २०८३

सामान्य घट्यो सुन–चाँदीको भाउ

आइतवार , आषाढ २१, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

शुक्रबार तोलामा सात हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।शुक्रबार तोलामा चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। 

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार