आइतवार, श्रावण २४ गते २०८३

ह्वात्तै बढ्यो सुनको मूल्य,तोलाको कति ?

बिहिवार , आषाढ १८, २०८३

 

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ७७ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार