आइतवार, श्रावण २४ गते २०८३

शेयर बजार निरन्तर ओरालो, घटे १३ वटै समूह

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार सोमबारको कारोबारमा पनि कायम रह्यो । यससँगै सेयर बजार लगातार ६ कारोबार घटेको छ ।

साताको सुरुआती कारोबारमा बजार १६।५४ घटेको छ । बजार घटेर २६३२।९६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार घट्दा २९ कम्पनीको सेयर मूल्य बढेको छ । २४० कम्पनीको सेयर मूल्य घटेको छ ।

यसदिन दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ७६ लाख ९९ हजार २२७ कित्ता सेयर ४४ हजार ९४२ पटकमा किनबेच भएको छ ।

टक्सार पिकुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्तको सेयर मूल्यले सर्किट लेभलमा कारोबार गरेका छन् ।

समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार