आइतवार, श्रावण २४ गते २०८३

मनसुन देशभर फैलिन अझै चार\पाँच दिन लाग्ने

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेको एक हप्ता भइसकेको छ । हाल मनसुन कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मात्रै छ । 

गण्डकी र लुम्बिनी प्रदेशको केही भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन प्रवेश गरेको छैन । यी भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण वर्षा हुन सकेको छैन । यी प्रदेशका तराईका केही क्षेत्रमा उच्च गर्मी छ । तातो हावाको लहर चल्ने गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा अबको चाररपाँच दिनमा मनसुन फैलिने सम्भावना रहेको बताएको छ ।

नेपालमा असार ५ गते कोसी प्रदेशबाट मनसुन प्रवेश गरेको छ । यो वर्ष मनसुन देशभर फैलिन लामो समय लाग्ने देखिएको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार