आइतवार, श्रावण २४ गते २०८३

आज पनि घट्यो सुनको भाउ

बिहिवार , आषाढ ११, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको भाउ घटेको छ। बुधबार तोलामा तीन हजार ६ सय रूपैयाँ र यसदिन प्रतितोला पाँच हजार दुई सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ तोलामा आठ हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।बुधबार प्रतितोला चार हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार