आइतवार, श्रावण २४ गते २०८३

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध

बुधवार , आषाढ १०, २०८३

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।


उनका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । मंगलबार राति १२ बजेसम्म उम्मेदवारी दर्ता भएको र आज बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार