आइतवार, श्रावण २४ गते २०८३

शुक्रबार नेप्से परिसूचक स्थिर

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ । साताको अन्तिम कारोबार हुने दिन शुक्रबार नेप्से परिसूचक स्थिर छ।

बिहीबार २७००।४७ विन्दुमा बन्द भएको बजार आज २७००।२९ विन्दुमा बन्द भएको हो।कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार ३ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४० करोड रूपैयाँको कारोबार भएको छ।यसदिन ३५३ वटा धितोपत्रको एक करोड ६ लाख एक हजार १४८ कित्ता सेयर किनबेच भएको हो। 

शुक्रबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, १७ कम्पनी स्थिर छन्।यसदिन एपोलो हाइड्रोपावरको मूल्य सर्वाधिक १४।९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९१६ रूपैयाँ पुगेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार