आइतवार, श्रावण २४ गते २०८३

सरकार शेयर बजारको दिर्घकालिन विकासमा लागेको छ, हल्लाको पछि नलागौं – अर्थमन्त्री

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ । अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावप्रति सरकार चिन्तित रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्रीले बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया रहेको बताएका हुन् ।

सेयर बजारको दैनिक उतारचढावलाई लिएर सरकार चिन्तित रहेको समेत उनले प्रस्ट पारे । हामी एक घण्टामा स्टक मार्केट कति तलमाथि जान्छ भनेर हेर्दैनौँ,’ अर्थमन्त्रीले भने, ‘सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ । बजारलाई पारदर्शी र मर्यादित बनाउनु हाम्रो प्राथमिकता हो 


अर्थमन्त्रीले लगानीकर्ताहरूलाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह गरे । सरकारले नीतिगत रूपमै पुँजी बजारको विकासका लागि काम गरिरहेको र अहिलेको अवस्था अस्थायी भएको उनको दाबी छ ।

अर्थमन्त्रीले पुँजी बजार र बिमा क्षेत्रमा देखिएको ठुलो विचलनलाई सरकारले सूक्ष्म रूपमा हेरिरहेको जानकारी दिए । उनले हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको उल्लेख गर्दै यसको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र रहेको बताए ।

सम्बोधनका क्रममा अर्थमन्त्रीले भने, ‘अहिले १ खर्बभन्दा बढीको बिगोमा मुद्दा चलेको छ । यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ । अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै ‘म पनि पर्छु कि’ भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ । यसैको प्रभाव बजारमा देखिएको हो ।’

उनले ठुला अनियमिततामा संलग्नहरूमाथि कानुनी कारबाही सुरु हुनुले बजारमा केही समयका लागि अन्यौलता सिर्जना गरेको सङ्केत गरे ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार