आइतवार, श्रावण २४ गते २०८३

२७०५ मा अडियो नेप्से परिसूचक

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । बुधबार अघिल्लो दिनकै अंकमा सेयर बजार थामिएको छ । यस दिन नेप्से परिसूचक जम्मा ०।०८ अंक हरियोमा सीमित रह्यो ।

जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो । आज बजारको उतारचढाव न्यून रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६१ करोडको भयो । १२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १६ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार