सोमवार, श्रावण २५ गते २०८३

सिंहदरबार भित्रका दुई क्यान्टिनमा गुणस्तरहीन दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

शुक्रवार , जेठ २९, २०८३


काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको आकस्मिक निरीक्षण क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा गम्भीर कैफियत फेला पारेको हो ।

अनुगमन क्रममा उक्त क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ ।

टोलीले क्यान्टिनको स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अवस्थाका १४ वटा फुटेका अन्डा फेला पारेको थियो । करिब ६ हजार ५ सय ६० रुपैयाँ बराबरका ती गुणस्तरहीन सामग्रीलाई अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर नष्ट गरिदिएको छ ।

अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन  विपरीत कार्य गरेको ठहर गर्दै विभागले  क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।

यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा सञ्चालित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा पनि अनुगमन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार