सोमवार, श्रावण २५ गते २०८३

परराष्ट्र मन्त्री खनाल जेठ ३१ गते चीन जाने मन्त्रालयद्धारा जानकारी

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने भएका छन् । मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै जेठ ३१ गतेदेखि असार ३ गतेसम्मका लागि भ्रमण तय भएको जानकारी गराएको हो । 

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खनाल त्यसतर्फ जान लागेका हुन् ।  ‘मन्त्रीज्यूले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्नुहुन्छ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका विषयमा सहकार्य गर्नेबारे छलफल हुनेछ। साथै मन्त्रीज्यूले चीनका उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गर्नुहुन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्री खनालले नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्न नेपाली दूतावासले आयोजना गरेको इन्भेष्टमेन्ट कन्फ्ररेन्समा पनि सहभागी हुनेछन् । त्यहाँ उनले चिनियाँ व्यवसायी समुदायसँग छलफल गर्नेछन् ।

मन्त्री खनाल असार ३ गते नेपाल फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार