आइतवार, श्रावण २४ गते २०८३

सप्तरीमा पत्रिकामा विज्ञापन नै नगरि झुटो विवरण पेश गरेर अस्पतालको ठेक्का, चार जनाविरुद्ध मुद्दा

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासमेत ४ जना र सप्तरीको राधाकृष्ण निर्माण सेवाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अस्पतालको भवन निर्माणको क्रममा सार्वजनिक बोलपत्र आह्वान गर्दा सौर्य दनिक नामको राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालिएको भनिएको तर उक्त पत्रिकामा सूचना नै नकिाली सूचना निकालिएको भनेर नक्कली पत्रिका पेश गरेको आयोगले जनाएको छ । 

यस कार्यमा अस्पताल, विज्ञापन एजेन्सी र निर्माण कम्पनीको समेत मिलेमतो रहेको आयोगले दाबी गरेको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले झासहित हनुमाननगर कंकालीनि नगरपालिकाका इन्जिनियर अशोककुमार सिंह, अस्टिेन्ट सवईन्जिनियर प्रेमकुमार सिंह,राधाकृष्ण निर्माण सेवा र उक्त कम्पनीका प्रबन्धक कौशल्याकुमारी रजकविरुद्ध मुद्दा दायर गरेको छ । 

आयोगले प्रतिवादी सबैलाई एक करोड २६ लाख ९६ हजार दुई सय ९६ रुपैंया बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार