सोमवार, श्रावण २५ गते २०८३

प्रतिनिधिसभा बैठक स्थगित, भोली मात्रै बस्ने

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डिपी अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेगरि स्थगित भएको घोषणा गरे । बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका थिए ।  बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे ।  प्रधामन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने विपक्षी दलको अडान छ । 


प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान लिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार