सोमवार, श्रावण २५ गते २०८३

महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुँदै

पुनले आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा जानकारी नआएको तर जानकारी आएमा सोंच्ने बताएका छन् ।

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री नियुक्त हुन लागेका छन् ।  प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

पुनले आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा जानकारी नआएको तर जानकारी आएमा सोंच्ने बताएका छन् । 

 आफू अहिले संसद बैठकको लागि सिंह दरबार गइरहेको पुनले शैलीन्युजलाई बताए । यसअघि सुशीला कार्की नेतृत्वका अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका पुन म्याग्दीबाट स्वतन्त्र रुपमा सांसद जितेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार