सोमवार, श्रावण २५ गते २०८३

सभामुखले सुचना टाँसेर भोलीसम्मको लागि स्थगित गरे प्रतिनिधि सभाको बैठक

सोमवार , जेठ २५, २०८३

काठमाडौं । संसद बैठक भोलीसम्मको लागि स्थगित भएको छ ।  केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए । विरोध जारी रहेपछि सभामुख डिपी अर्यालले १५ मिनेटको लागि बैठक स्थगित  गरेका थिए । 


१५ मिनेटमा पनि बैठक खुलाउने विषयमा सहमति हुन नसकेपछि सभामुख डिपी अर्यालले सूचना टाँसेर मंगलबार एक बजेसम्मको लागिबैठक स्थगि तरेका हुन् । 

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो । बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।

यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।notice.jpeg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार