काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शाहीले विभिन्न नाकाबाट भन्सार छली गरेर नेपाल ल्याइएको भनिएको विद्युतीय गाडीका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
्बजेट सार्वजनिक हुुनुअघि भन्सार पासर गरिएको ति गाडी आयातमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको संलगनता रहेको पनि शाहीले दाबी गरे ।
केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो । बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।
बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।
यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।