काठमाडौं । प्रधानन्यायाधिशमा मनोजकुमार शर्मा नियुक्त भएपछि रिसाएर घर बिदामा बसेकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल काममा फर्केकी छन् ।
उनी २० दिन बिदापछि काममा फर्किएकी हुन् । उनी सोमबार अदालत आएकी हुन् ।
उनले आजैदेखि मुद्दा हेर्ने छिन् । उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ ।
सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।