सोमवार, श्रावण २५ गते २०८३

सर्वदलीय बैठकमा विपक्षी दलले भने – सरकारको अपरिपक्क व्यवहारको सिकार जनता हुन नपरोस्

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारको अपरिपक्क व्यवहारको कडा आलोचना गरेका छन् ।

बैठकमा लामिछालको भारत भ्रमण, रास्वपा नेतृत्वको सरकारले गरिरकेको काम र यसमा सुधार गर्नुपर्ने लगायतका विषयमा छलफल भएको वैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । 


बैठकमा भएका छलफलका एजेण्डाबारे उनले यसरी सुनाए, 

सर्वदलीय बैठक आह्वान हुनु राम्रो सुरुवात भन्यौं । अझ भारत भ्रमणमा जानुअघि नै बैठक राखेको भए राम्रो हुन्थ्यो भन्यौ । 
संसदमा प्रतिपक्ष कमजोर छ । तर सबै संवैधानिक व्यवस्थालाई फर्काउने, शक्ति पृथकीकरणको सिद्धान्तलाई नियन्त्रण गर्ने काम नहोस् भन्यौ । 


वैदेशिक सम्बन्धका सन्दर्भमा अपरिपक्क व्यवहार नदेखाओस् । सरकारले गर्ने क्रियाकलापको सिकार जनता हुन नपरोस् भन्यौं । 
हामीले यहि सुझाव दियौं । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार