सोमवार, श्रावण २५ गते २०८३

रास्वपा धादिङको अध्यक्षमा राजन अर्याल विजयी

आइतवार , जेठ २४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको अध्यक्षमा राजन अर्याल विजयी भएका छन् । अर्यालले एक सय ९२ मत ल्याए । 

 उनका प्रतिस्पर्धी सूर्यमणि पाठकले ९२ मत ल्याए । त्यसैगरि अध्यक्षमै प्रतिस्पर्धा गरेका रामकुमार थपलियाले भने  ६३ मत मात्रै ल्याए । 

उपसभापति पदमा दुइ सय १६ मतका साथ श्रवण त्रिपाठी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत मात्रै ल्याए । सचिव पदमा एक सय ६२ मतका साथ राम भण्डारी विजयी भएका छन् । 

सचिव पदका अन्य प्रतिस्पर्धीहरु कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत ल्याएका थिए । सहसचिव पदमा १६० मत प्राप्त गर्दै श्रीराम आचार्य विजयी भएका छन् ।  प्रतिस्पर्धी राजेन्द्र कडेलले १२७ मत ल्याए ।

अधिवेशनले जिल्ला कार्य समितिको सदस्यहरूमा उषा कार्की, रामकृष्ण परियार, सुन्दर अधिकारी र मदन भण्डारीलगायतलाई निर्वाचित गरेको छ।

 रास्वपा क्षेत्र नम्बर १ को संयोजकमा रामजी प्रसाद पाठक, सह-संयोजकमा अमृता केसी र सचिवमा प्रवेश धरेल निर्वाचित भएका छन् ।  क्षेत्र नम्बर २ को संयोजकमा राजेन्द्र अधिकारी, सह-संयोजकमा ओम प्रसाद काराखेती र सचिवमा माधवराज अधिकारी निर्वाचित भएका छन् । 

 

नव निर्वाचित सभापति अर्यालले आफूलाई विश्वास गरेर मत दिएका सम्पर्ण प्रतिनिधिलाई धन्यवाद व्यक्त गरे । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार