सोमवार, श्रावण २५ गते २०८३

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

आइतवार , जेठ २४, २०८३

काठमाडौं । रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।

पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगर वडा नम्बर ८ का सभापति थिए ।
उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन् ।

अधिवेशनका लागि ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार