काठमाडौं । जर्मनीमा करोडपतिहरूको संख्यामा वृद्धि भएको छ । एक नयाँ अध्ययनअनुसार गत वर्ष विश्वभर करोडपतिहरूको संख्यामा झण्डै २० लाखले वृद्धि भएको छ । यससँगै सन् २०२५ मा विश्वभर दुई करोड ५३ लाख मानिस करोडपतिहरूको सूचीमा समावेश छन् ।
यस क्रममा जर्मनीले पनि उल्लेखनीय प्रगति गरेको छ । कम्तीमा १० लाख अमेरिकी डलर बराबरको लगानीयोग्य सम्पत्ति भएका व्यक्तिहरूको संख्या जर्मनीमा ११।१ प्रतिशतले बढेर करिब १७ लाख ८० हजार पुगेको छ । यससँगै जर्मनी विश्वमा सबैभन्दा धेरै करोडपति भएका देशहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।
परामर्शदाता कम्पनी केपजेमिनीको अध्ययनका अनुसार घट्दो मुद्रास्फीति र वित्तीय बजारमा आएको सुधारका कारण जर्मनीका धनी व्यक्तिहरूको कुल सम्पत्ति पनि १२।७ प्रतिशतले बढेर ७।१ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको छ ।