सोमवार, श्रावण २५ गते २०८३

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । समितिले यसअघि सूचना जरी गरेर एक बजे बैठक बस्ने भनेको थियो ।

बैठक स्थगित गर्नुको कारण भने संसद सचिवालयले खुलाएको छैन । यसअघि हिजो विहिबार बस्ने भनिएको सार्वजनिक लेखा समितिको बैठक पनि स्थगित भएको थियो ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरु पार्टीको जिल्ला अधिवेसनमा व्यस्त रहेका कारण बैठकमा आउन नसकेपछि बैठक स्थगित गरेको भनिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार