आइतवार, श्रावण २४ गते २०८३

आर्थिक विधेयक सच्याएर अर्थमन्त्री वाग्लेले स्कुल फीको करमा दिए राहत

बुधवार , जेठ २०, २०८३

काठमाडौं । स्कुल फीमा ३ प्रतिशत समता शुल्क लगाएको भन्दै आलोचना भएपछि सरकारले आर्थिक विधेयक सच्याएर करमा राहत दिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बालबच्चा पढाउँदा विद्यालयमा तिरेको रकमको केही हिस्सा करयोग्य आयबाट घटाउन मिल्ने व्यवस्था गरेका हुन् । संसदमा पेश गरेको आर्थिक विधेयकको दफा ५७ मा यो व्यवस्था थपेर अर्थमन्त्रीले पहिलाभन्दा कम आयकर तिरे हुने व्यवस्था गरेका हुन् ।


अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमार्फत् ३ प्रतिशत शिक्षा समता शुल्कको प्रस्ताव गरेका थिए । जसअनुसार बालबच्चाको स्कुल फी वार्षिक १ लाख रुपैयाँ बुझाउँदा ३ हजार रुपैयाँ कर तिर्नुपर्दथ्यो ।

अब भने वार्षिक स्कुल फीको २५ प्रतिशत वा २५ हजार रुपैयाँ जुन घटि हुन्छ, त्यो रकम करयोग्य आयबाट घटाएर बाँकी रहने रकममा आयकर तिर्नुपर्ने भएको हो ।

यसको अर्थ स्कुल फी वार्षिक १ लाख छ भने त्यसको २५ प्रतिशत अर्थात् २५ हजार रुपैयाँ आयकरबाट घटाउन पाइनेछ । र, बाँकी रकमको मात्र आयकर तिर्नुपर्छ । तर, यदी स्कुल फिस २ लाख छ भने पनि आयकरबाट २५ हजार रुपैयाँमात्र घटाउन पाइन्छ । तर, यदी वार्षिक स्कुल फी ८० हजारमात्र छ भने करयोग्य आयबाट २० हजार रुपैयाँमात्र २५ प्रतिशत घटाउन पाइन्छ।

यदी कोही दम्पत्तिको वार्षिक आय १० लाखभन्दा कम छ भने उनीहरुले बढीमा २५० रुपैयाँ राहत पाउनेछन् । यसैगरी वार्षिक आय बढी हुनेका लागि करमा योभन्दा बढी राहत मिल्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार