सोमवार, श्रावण २५ गते २०८३

सरकारलाई केपी ओलीको ठाडो चुनौती - सम्पत्ति विवरण बुझाउँदिन, सकेको गर

घर जलाएर खरानी बनाए, बाँकी केहि छैन अब फेरि पनि के को सम्पत्ति विवरण बुझाउने ? यही हो मेरो सम्पत्ति भनेर खरानी बुझाउने ? ओलीले भने ।

बुधवार , जेठ २०, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मागे अनुसार सम्पत्ति विवरण नबुझाउने बताएका छन् । घर जलाएर खरानी बनाए, बाँकी केहि छैन अब फेरि पनि के को सम्पत्ति विवरण बुझाउने ? ओलीले भने । 

काठमाडौंमा आजबाट सुरु भएको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताँउदै उत्ताउलोपन लामो समय नटिक्ने बताए ।


सरकार अराजक शैलीमा प्रष्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा लामो समय नटिक्ने बताए ।‘अराजकता केही दिनको पाहुना हो । लामो समय चल्दैन’ अध्यक्ष ओलीले भने ।


अध्यक्ष ओलीले भदौको विध्वंसकारी आन्दोलनपछि कुनै पनि राजनीतिक दलका कार्यकर्ता बोल्न सक्ने अवस्था नरहेको बेला एमालेका नेता कार्यकर्ता त्यस अराजकताका विरुद्ध बोल्न थालेको बताए । ‘

भदौ २४ पछि अराजकता र हिंसाको डरले कोही पनि बोल्न सकेका थिएनन् ’ अध्यक्ष ओलीले भने ‘त्यतिबेला एमालेका नेता कार्यकर्ता वडा वडाबाट बोले । जसले अरु पार्टीलाई पनि मुख खोल्ने ठाउँ बनाइदिए । त्यसैले म एमालेका सबै कमरेडहरुलाई धन्यवाद दिन्छु ।’


गत फागुनको निर्वाचन तमासा मात्र भएको अध्यक्ष ओलीको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार