सोमवार, श्रावण २५ गते २०८३

बालबालिकामा बढ्दो मोबाइल लत कसरी छुटाउने

सोमवार , जेठ १८, २०८३

काठमाडौँ — आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय बालबालिकाहरूमा मोबाइल, ट्याब्लेट र कम्प्युटर जस्ता डिजिटल स्क्रिनको लत एउटा गम्भीर समस्याको रूपमा देखा परेको छ। खान खुवाउन, फकाउन वा आफू व्यस्त हुँदा बालबालिकाको हातमा मोबाइल थमाइदिने अभिभावककै बानीका कारण धेरैजसो बालबालिका डिजिटल लतको सिकार भइरहेका छन्।

यसले उनीहरूको मानसिक, शारीरिक र सामाजिक विकासमा गम्भीर असर पुर्‍याइरहेको चिकित्सक तथा मनोविज्ञहरू बताउँछन्। यदि तपाईंको बच्चा पनि दिनभर मोबाइलमै झुम्मिइरहन्छ भने उसलाई यो लतबाट कसरी छुटाउनेरु यहाँ केही प्रभावकारी उपायहरू प्रस्तुत गरिएको छस्

१ अभिभावक आफैँ उदाहरणीय बन्ने
बच्चाहरूले धेरै कुरा आमाबुबालाई हेरेर सिक्छन्। यदि अभिभावक आफैँ घरमा आउनासाथ दिनभर मोबाइलमा व्यस्त रहने हो भने बच्चालाई ुमोबाइल नचलाऊु भन्नुको कुनै अर्थ रहँदैन। त्यसैले बच्चाको अगाडि अभिभावकले मोबाइलको प्रयोग कम गर्नुपर्छ।

२ स्क्रिन टाइम  निर्धारण गर्ने
बच्चालाई एक्कासि मोबाइलबाट टाढा राख्न गाह्रो हुन्छ। त्यसैले बिस्तारै समय सीमा तोक्नुपर्छ।

२ वर्ष मुनिका बच्चा 
मोबाइल वा टिभीको स्क्रिनबाट पूर्ण रूपमा टाढा राख्ने।

२ देखि ५ वर्षका बच्चा
 दिनमा बढीमा १ घण्टा मात्र त्यो पनि अभिभावकको निगरानीमा।

५ वर्ष माथिका बच्चा
विद्यालयको काम बाहेक मनोरञ्जनका लागि बढीमा १ देखि २ घण्टा।

३ नोग्याजेट जोन र समय तय गर्ने
घरमा केही यस्ता नियम बनाउनुहोस् जुन सबै सदस्यले पालना गर्नुपर्छ

खाना खाने समयमा कसैले पनि मोबाइल नचलाउने।

सुत्नुअघि कम्तीमा १ घण्टा अगाडि नै मोबाइल, टिभी पूर्ण रूपमा बन्द गर्ने।

बेडरुममा
सुत्ने कोठामा मोबाइल वा ग्याजेटहरू लग्न नदिने।

४। वैकल्पिक गतिविधिमा व्यस्त राख्ने
बच्चाहरूले अल्छी लागेपछि वा गर्ने केही काम नभएपछि मोबाइल माग्ने गर्छन्। त्यसैले उनीहरूलाई अन्य रचनात्मक काममा व्यस्त राख्न सकिन्छस्

चित्रकला, संगीत, नृत्य वा अन्य खेलकुदमा रुचि जगाउने।

घरायसी ससाना काम जस्तै बोटबिरुवामा पानी हाल्ने, खेलौना मिलाउने काममा सहभागी गराउने।

दन्त्यकथा वा जानकारीमूलक पुस्तकहरू पढ्ने बानी बसाल्ने।

५ बाहिरी खेल र प्रकृतिसँग जोड्ने
बच्चाहरूलाई डिजिटल संसारबाट टाढा राख्न शारीरिक रूपमा सक्रिय बनाउनु पर्छ। साँझको समयमा उनीहरूलाई पार्क लैजाने, साथीहरूसँग आउटडोर खेलहरू जस्तै फुटबल, लुकाछिपी, ब्याडमिन्टन खेल्न प्रोत्साहन गर्ने गर्नाले उनीहरूको ध्यान मोबाइलबाट हट्छ।

६। गुणस्तरीय समय  दिने
धेरैजसो अवस्थामा अभिभावकले समय नदिँदा बालबालिकाले मोबाइललाई आफ्नो साथी बनाउँछन्। त्यसैले दिनभर जति नै व्यस्त भए पनि बेलुका बच्चाहरूसँग गफगाफ गर्ने, उनीहरूका कुरा सुन्ने र सँगै खेल्ने गर्नुपर्छ।

बालबालिकालाई मोबाइलको लतबाट छुटाउन गाली गर्ने वा कुट्ने गर्नु उल्टो घातक हुन सक्छ। यसले उनीहरूमा जिद्दीपन बढाउँछ। प्रविधिको प्रयोगलाई पूर्ण निषेध गर्नुभन्दा पनि यसको सही र सन्तुलित प्रयोग सिकाउनु नै आजको आवश्यकता हो।

मोबाइलको लत एकैदिनमा नबसेकाले यसलाई छुटाउन पनि धैर्यता र समयको आवश्यकता पर्दछ। अभिभावकको थोरै सचेतता, माया र सही मार्गदर्शनले बालबालिकालाई डिजिटल कुलतबाट जोगाएर एउटा स्वस्थ र सुखद बाल्यकाल दिन सकिन्छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार