काठमाडौं । हाल कार्यान्वयनमा ल्याइएको आइतबारे बिदाको प्रावधान हटाउन उपत्यका मेयर्स फोरमले केन्द्र सरकारसँग माग गरेको छ ।
फोरमको विहिबार बसेको बैठकले आईतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर संघीय सरकारले स्थानीय तहको अधिकार कुण्ठित गरेको आरोप पनि लगाएको छ । ललितपुरस्थित महालक्ष्मी नगकरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरित निर्णय गरेको निश्कर्ष निकालेको छ ।
मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताए। सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै महर्जनले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी दिए ।
शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर सरकारले अप्रत्याशित रूपमा आईतबार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । सरकारको निर्णयले विद्यालय १९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको उनले बताए ।