आइतवार, श्रावण २४ गते २०८३

६ करोड बराबरको भेपसहित एक जना पक्राउ

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खिचापोखरीबाट प्रहरीले ६ करोड बराबरको भेप बरामद गरेको छ ।

खिचापोखरीमा रहेको स्माइल योर च्वाइस पसल र भेपमान्डु ट्रेडर्सको गोदामबाट ६ करोड बराबरको भेप बरामद गरेको हो।उक्त भेप गोदामबाट २८ हजार ५०० वटा भेप रहेको प्रहरीले बताएको छ।

ती भेप तस्करी गरी ल्याएको आरोपमा प्रहरीले उक्त गोदामका सञ्चालक ३२ वर्षीय नविन खड्कालाई नियन्त्रणमा लिएको छ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार