आइतवार, श्रावण २४ गते २०८३

नेपाली चिया निर्यातको अवरोध हट्यो – परराष्ट्र मन्त्रालय

शुक्रवार , जेठ ८, २०८३


नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । 

भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको उनले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार