काठमाडौ । नेपाली बजारमा आज सुन–चाँदी दुबैको भाउ बढेको छ ।
सोमबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।