आइतवार, श्रावण २४ गते २०८३

कक्षा १२ को नतिजासम्बन्धी काम धमाधम, ४५ दिनमै सार्वजनि गर्ने लक्ष्य

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन सम्बन्धी कामलाई तिब्रता दिएको छ । परीक्षा सकिएको एक साता मात्रै भएको छ । 


यसबिचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित पचास प्रतिशत भन्दा धेरै काम सकिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मामा अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम आधा भन्दा बढी सकिसकेको छ । 


परीक्षण भइसकेको उत्तरपुस्तिकाको प्राप्तांक सम्परीक्षण समेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने काम समेत सकिसकेको छ । जुन जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिनछ, त्यसको सम्परीक्षण पनि तत्कालै सुरु गर्ने र सम्परीक्षण सकिने बित्तिकै प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री (प्रबिष्ट) को काम पनि भइरहेको शर्माले जानकारी दिए । 

नतिजा प्रकाशनलाइ छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । मुलुकभरका विभिन्न ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । नियन्त्रक शर्माले भने,‘नतिजा प्रकाशनको काम परीक्षा सकिएको ४५ दिन भन्दा पर पुग्दैन । सकेसम्म त्यो भन्दा पनि छिटो प्रकाशन गर्नेगरि काम गरिरहेका छौं ।’


परीक्षामा मुलुकभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सकिएको २९ दिनमै प्रकाशन गरेको थियो  । जुन एसइईको इतिहासमै सबैभन्दा छोटो समयमा नतिजा प्रकाशन भएको हो । 


यसअघि एसइई र कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुन सामान्यतया परीक्षा सकिएपछि तीन महिना लाग्ने गरेको थियो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार