आइतवार, श्रावण २४ गते २०८३

प्रतितोला आठ सय रूपैयाँले बढ्यो सुनको भाउ

सोमवार , जेठ ४, २०८३

काठमाडौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।

आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य भने घटेको छ।आइतबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार