आइतवार, श्रावण २४ गते २०८३

घट्यो सुनको भाउ

सोमवार , बैशाख २८, २०८३


काठमाडौ । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ आज चार सय रूपैयाँ घटेको हो।

आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।

आइतबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार