सोमवार, श्रावण २५ गते २०८३

वैशाख महिनाभर पानी परिरहने अनुमान

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । मौसमविदले यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर हुने र देशका धेरैजसो भू–भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका मौसमविद् डा. विनोद पोखरेलका अनुसार आगामी जेठ १५ देखि साउन १५ (जुन र जुलाई) सम्मको समय सुख्खा रहने देखिएको हो ।

उनका अनुसार वैशाख महिनाभर भने पानी परिरहने सम्भावना छ । वैशाखको झरीले राहत दिए पनि धान खेतीको मुख्य समयमा पानी कम पर्ने प्रक्षेपणले किसान र कृषि विज्ञहरूलाई चिन्ता थपिदिएको छ ।

तर नेपालको सम्भावित मौसमी अवस्था प्रक्षेपण गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले भने यसपालीको मनसुनबारे अझै एकिनका साथ भन्न नसकिने जनाएको छ । विभागले यस साताको अन्तिमतिर मनसुन प्रक्षेपण सार्वजनिक गर्ने तयारीमा छ । नेपालको मनसुनलाई प्रभाव पार्ने अरु धेरै कुराहरु पनि छन् । अहिले नै यस वर्षको मनसुन यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था भने छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार