काठमाडौ । नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ घटेको छ ।
बुधबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला चार हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो ।