आइतवार, श्रावण २४ गते २०८३

सुनको मुल्यमा गिरावट

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो । हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार