काठमाडौं । नेपाल आयल निगमले डिजेल, मटिट्तेल र हवाई इन्धनको मूल्य बढाएको छ।
बिहिबारदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलतर्फ प्रति लिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार बजारमा डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर २३४.५० रुपैयाँदेखि २३७ रुपैयाँसम्म पुगेको छ । काठमाडौं उपत्यकामा डिजेल अब प्रति लिटर २३७ रुपैयाँमा पाइनेछ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ तोकिएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले बुधबार पठाएको नयाँ मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।