आइतवार, श्रावण २४ गते २०८३

अर्थमन्त्रीको प्रतिबद्धतापछि चम्कियो शेयर बजार, ८३.३३ अङ्कको वृद्धि

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि लगातार ६ दिनसम्म उच्च अङ्कले घटेको शेयर बजारमा सोमबार उच्च सुधार भएको छ । 

यस दिन नेप्से ८३.३३ अङ्क वृद्धि भएको छ । १० अर्ब ९२ करोड रुपियाँको कारोबार भएको छ ।  सोमबार स्टक ब्रोकर सञ्चालकहरुसँगको भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको शेयर बजार सुधार्न सरकार प्रतिवद्ध रहेको र केहि व्यक्तिको हल्लामा दौडिन नहुनेतर्फ सचेत गराएका थिए । 

साथै, भेटमा वाग्लेले शेयर बजारमा आएको पैसाको स्रोत नखोजिने तर इन्साइड ट्रेििडङलाई भने प्रोत्साहन गर्न नसकिने बताएका थिए । 


सोही भेटमा अर्थमन्त्री वाग्लेले शेयर बजारमा सरकारले थुप्रै नीतिगत सुधार गर्न लागेको जानकारी गराउँदै ढिलो छिटो शेयर बजारमा ठूलै सुधार ल्याउने प्रतिवद्धता जनाएका थिए । 


सोमबार नै राष्ट्रिय सभामा समेत सांसदहरुले शेयर बजारलाइ सरकारले हल्का रुपमा लिएको भन्दै ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको तर्फ सचेत गराएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार