सोमवार, श्रावण २५ गते २०८३

गृहमन्त्रीको कटाक्ष, ‘३६ वर्षसम्म हत्कडी त सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ’

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई कमजोर बनाउने काम राजनीतिक दलले नै गरेको बताएका छन् । 


सुरक्षाकर्मीको प्रशंसा गर्दै गुरुङले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ यसमा उनले राजनीतिक नेतृत्वको नाम लिएका छैनन् । 


तर पुराना राजनीतिक दल तथा सरकारलाई इंगित गर्न खोजेको स्पष्ट बुझिन्छ । उनले उल्लेख गरेको ३६ वर्षले मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएको २०४६ सालदेखि हालसम्मको अवधिलाई इंगित गर्न खोजेको देखिन्छ । 


पछिल्लो समय गृहमन्त्री भएपछि गुरुङकै अग्रसरतामा अपराध, भ्रष्टाचार तथा अनियमिततामा जोडिएका उच्च राजनैतिक नेतृत्व तथा व्यापारिक घरानाका सदस्यलाई समेत नियन्त्रणमा लिएर छानबिन थालिएको छ । 


साथै, पछिल्लो समय नेपाल प्रहरीले उपत्यका लगायत मुलुकभर नै अपराध नियन्त्रणमा विशेष अपरेसन सुरु गरेकको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार