आइतवार, श्रावण २४ गते २०८३

आठ महिनामा भित्रियो साढे १४ खर्ब  रेमिट्यान्स

बिहिवार , चैत्र १९, २०८२


काठमाडौं ।चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो आठ महिनामा रेमिट्यान्स साढे १४ खर्ब भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९।५ प्रतिशतले बढेको थियो ।

यो वर्षको फागुन महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहको छ भने गत वर्षको सोही समयमा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार