काठमाडौं । स्थानीयबजारमा मंगलबार सुनको मूल्यमा फेरी बढेको छ । एकै दिन तोलामा ६ हजार सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोलामा लाख ८३ हजार पाँच सय रुपैयामा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
यस्तै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।