आइतवार, श्रावण २४ गते २०८३

मन्त्रिपरिषद् बैठक अपरान्ह चार बजे

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को वैठक सोमबार बस्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार बैठक अपरान्ह चार बजे बस्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि बस्न लागेको मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । 

पोखरेलले सामाजिक सञ्जालबाट जानकारी गराउँदै भनेका छन्, ‘आज चैत १६ गते सोमबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराउँदछु ।’ 

यसअघि मन्त्रिपरिषद् गठन हुनेबित्तिकै चैत १३ गते बसेको बैठकले गौरी बहादुर कार्की नेतृत्वका आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार