काठमाडौँ । स्थानीय बजारमा बिहिबार सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा दुई हजार नौ सय ले घटेको छ भने चाँदी पनि एक सय रुपैयाले घटेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्दा त्यसको प्रभाव स्थानीयबजारमा पर्न गएको हो । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा बिहिबार प्रतिअऔँस सुन पाँच हजार १७० अमेरिकी डलरमा कारोबार भएको छ । यस्तै चाँदी प्रतिऔंस ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।