आइतवार, श्रावण २४ गते २०८३

पेट्रोल, डिजेल र मट्टितेल लिटरमा १५ रुपियाँ बढ्यो

बुधवार , चैत्र ११, २०८२

काठमाडौँ ।  नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
निगमले बिहिबारदेखि लागुु हुने गरी पेट्रोल, डिजेल\मट्टितेल प्रतिलिटरमा समान १५\१५ रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार बजारमा अव तेस्रो वर्गका लागि पेट्रोल   प्रतिलिटर १८७  र डिजेल÷मट्टितेल १६७ रुपियाँ पुगेको छ । 
 खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेका निगमले जनाएको छ । 
 विगत एक महिना अघि देखि पश्चिम एशियाली मुलुकमा भएको युुद्धका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 
निगमका अनुसार मार्च १ देखि २४ सम्म पेट्रोल प्रतिलिटरमा ७६ रुपियाँ र डिजेल लिटरमा १४३ रुपियाँ बढेको छ ।  ग्यासमा भने प्रतिसिलिन्डर २१६ रुपियाँ बढेको छ । 
निगमले एक साता अघि पेट्रोल लिटरमा १५ र डिजेल लिटरमा १० रुपियाँ मूल्य बढाएको थियो । 
मूल्य वृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपियाँ ५० पैसाबाट बढेर १८४ रुपियाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपियाँ पुुगेको छ ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपियाँ ५० पैसाबाट बढेर १६४ रुपियाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपियाँ पुगेको छ ।
निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल निर्धारण गरेको छ ।
इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको मूल्य अनुसार मूल्य समायोजन नभएको निगमले जनाएको छ । 
अन्तराष्ट्रिय बजरमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य बृद्धि भइरहदा पनि सोही अनुसार मूल्य सामायोजन हुन नसक्दा पाँच अर्ब घाटामा गएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य बृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा १५ अर्ब घाटा हुने देखिएको निगमले जनाएके छ । 

aaa.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार