काठमाडौँ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन।
राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको शक्तिशाली समूह सार्वजनिक गरेका हुुन ।
घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लाग्नुभएका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेका छन । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम निर्माण गरेका छन । चुुनाव नजिकिदै गर्दा व्यवसायीले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन ।
महासंघको ६० औं वार्षिक साधारणसभा चैत २९ र ३० गते हुँदैछ ।
यी हुन घिमिरे समूहका सदस्य उम्मेदवारहरू
अरनिको राजभण्डारी
रविन पुरी
राजकुमार कार्की
वसन्तचन्द्र मरहट्टा
सुनिता न्हेमाफुकी
संघर्ष विष्ट
रघुनन्दन मारु
राजेशभक्त श्रेष्ठ
होम प्रसाद घिमिरे
धन प्रसाद लामिछाने
धर्मराज सापकोटा
कृष्णप्रसाद अवाले
एब बहादुर थापा
विश्वनाथ खनाल
नानीराज घिमिरे
ध्रुब बहादुर गौतम
नेतृत्वको क्षमता र आवद्धता
शिवप्रसाद घिमिरे नेपाली निजी क्षेत्रमा एक एक्सन ओरिएन्टेडु र तार्किक नेतृत्वका रूपमा परिचित हुन। उनको व्यावसायिक पृष्ठभूमि र महासंघभित्रको सक्रियतालाई यस निर्वाचनमा मुख्य बलका रूपमा हेरिएको छ ।
व्यावसायिक अनुभवस् नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्षका रूपमा उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन ।
वस्तुगत संघको आवाजस् साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पुर्याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन ।
समन्वयकारी व्यक्तित्वस् सरकार र निजी क्षेत्रबीचको संवादमा स्पष्ट र निडर प्रस्तुति राख्न सक्ने क्षमता उनको मुख्य विशेषता हो।
भाषण होइन, परिणामका लागि उम्मेदवारीू – शिवप्रसाद घिमिरे
उम्मेदवारी घोषणाका क्रममा उपाध्यक्षका उम्मेदवार घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
वस्तुगत संघको सशक्तीकरणस् वस्तुगत संघहरू महासंघका मेरुदण्ड हुन्, तर उनीहरूले पाउनुपर्ने अधिकार र प्राथमिकता पाउन सकेका छैनन्। मेरो टिमले यी संघहरूको आवाजलाई महासंघको मूलधारमा स्थापित गर्नेछ।