आइतवार, श्रावण २४ गते २०८३

एक तोला सुनको मूल्य तीन लाख २८ हजार ६ सय

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो । 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार