आइतवार, श्रावण २४ गते २०८३

सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ प्रतितोला आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ । 

बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार